११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी : मुख्यमन्त्री आचार्य



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले) अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताए ।

उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे । ‘अहिले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभन्दा भिन्न गतिविधिहरु भइरहेका छन् । यसले मुलुकलाई फाइदा गर्दैन । कोमामा पुगेको संविधानलाई व्यूत्याउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ,ु उनले भने– ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा, संवद्र्धन र राष्ट्रियताको निम्ति फेरि एकपटक जुर्मुराउनुपर्ने बेला आएको छ ।’

मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन–जीलाई ढाल बनाएर देशी–विदेशी शक्तिहरूको घुसपैठका कारण अराजकता सिर्जना भएको दाबी गरे । यस्तै, वर्तमान संघीय सरकारको गैरजिम्मेवार भूमिकाका कारण तोकिएको समयमा चुनाव गराउन नसक्ने स्थिति बनेको टिप्पणी गरे । ‘चुनावको मिति घोषणा गर्ने तर त्यसअनुसार तयारी केही नगर्ने । सरकारले नै चुनावको वातावरण धुमिल पार्नेगरी अभिव्यक्तिहरु सार्वजनिक गर्ने गरेको छ । यस्तो अवस्थामा सरकारले नै चुनाव गराउन नचाहेको स्पष्ट हुन्छ,’ उनले भने –‘भाग लिनलाई त चुनाव हुनुपर्ने होइन र ?’

आन्दोलनका नाममा मच्चिएको अराजकतालाई लिएर कार्यकर्ताको मनोबल गिर्न नदिन आग्रह गर्दै उनले उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन निर्देशन दिए । ‘उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन जरुरी छ । जनताको बीचमा रहेर नै हामीले काम गर्नुपर्छ,’उनले भने, –‘जनताको सुख–दुःखमा साथ दिनुहोस् । यही हाम्रो प्रमुख दायित्व हो ।’

बैठक जिल्ला अध्यक्ष पितम्बर भुसालको अध्यक्षता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा पालिका कमिटी र इन्चार्जहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष शम्भुप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाललगायतले सम्बोधन गरेका थिए । बैठकको सहजीकरण सचिव तोजबहादुर रायमाझीले गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ३२ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि