२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

प्रधानमन्त्री ओली न्युयोर्कमा



न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन ।

प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यस् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ४७ बजे

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ