७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ



लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस-एमालेको संयुक्त सरकार गठन भएको बताएका छन ।

लमजुङ-बेँसीसहर नगरपालिका-७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।

सञ्चारमन्त्री गुरुङले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे ।

मन्त्री गुरूङले भने, खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिदैन । उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताए ।

एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज