९ चैत्र २०८२, सोमबार | March 23, 2026

यस्तो छ आजको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ २१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : २६ बजे

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६