२१ बैशाख २०८३, सोमबार | May 4, 2026

परराष्ट्रमन्त्री डा राणा न्यूयोर्कमा



वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छिन । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क आएकी हुन ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउनेछन । उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ०४ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा