११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : १० बजे

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट