११ पुस २०८२, शुक्रबार | December 26, 2025

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक



झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक डब्लूबी-७३ ई-३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी-७३ ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ३४ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको