२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज



चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उनले भने, “पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ ।” वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उनले बताए।

पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए । डुङ्गा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिए। सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताए ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ । मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए।

यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गरे । उनले भने, “पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।”

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ५२ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ