२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाढीपहिरो : ललितपुरमा १८ जनाको मृत्यु



ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ५८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा