१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक



चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो ।

सूचनामा नारायणगढ-मुग्लिङ नागढुङ्गा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ ।

साथै चितवन प्रशासनले शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरुमा धैर्यधारण गरि बसिदिनु साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरु डुवानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ०३ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी