१ पुस २०८२, मंगलबार | December 17, 2025

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक



चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो ।

सूचनामा नारायणगढ-मुग्लिङ नागढुङ्गा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ ।

साथै चितवन प्रशासनले शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरुमा धैर्यधारण गरि बसिदिनु साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरु डुवानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ०३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष