७ आश्विन २०८३, बुधबार | September 23, 2026

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध



काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराए । उनले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताए ।
देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताए। मन्त्रालयले  भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५६ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु