२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मुस्ताङमा बाढीबाट क्षति



म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो ।

बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडकमा क्षति पुर्याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।

शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ फलेकको स्याउ बारीमा पाखोबाट आएको बाढी पसेर क्षति पुगेको छ । स्याउ बगैँचा, आलु र जौँबालीमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेका छन् ।

यसैगरी जोमसोममा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको काम गरिरहेको निर्माण कम्पनीको डोजर खोलामा फसेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ४१ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता