१० पुस २०८२, बिहिबार | December 25, 2025

विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो



काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पु¥याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ५७ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न