२९ मंसिर २०८२, सोमबार | December 15, 2025

वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध



ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ ।

हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए ।

“नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुनःस्थापित गर्न अलि समय लाग्छ”, उनले भने ।

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उहाँले बताए। यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उनले जानकारी दिए। स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : २७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष