७ चैत्र २०८२, शनिबार | March 21, 2026

राहत र पुनर्निर्माणमा विशेष पहल लिन माग गर्दै सांसद क्षेष्ठले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र



काठमाडौं । असोज ११ र १२ गते गएको बाढी तथा पहिरोबाट पीडित नागरिकहरुको उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिटो काम गर्न बागमतीका सांसद गंगानारायण श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठले बाढी–पहिरोबाट मानवीय साथै भौतिक क्षति धेरै भएकाले तत्काल राहत तथा पुनर्निर्माण गर्न माग गर्दै पाँच बुँदे ध्यानाकर्षपत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् । उनले अप्ठ्यारो परिस्थितिमा विद्यमान कानुभन्दा माथि उठेर राहत तथा पुनर्निर्माणमा काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले तीनै तहको समन्वयमा छिटो राहत तथा पुनर्निर्माण काम गर्न ध्यानाकर्षण गराएका हुन् । पाँच बुँदे ध्यानाकर्षण बुझाएका श्रेष्ठले कमजोर ठाउँका बस्तीको स्थान्तरणदेखि सडक सुचारु तथा बालीनाली सखाप भएका नागरिकलाई राहत उपलब्ध गराउन बागमती सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : २९ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी