२६ असार २०८२, बिहिबार | July 10, 2025

नेपाल-अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी



काठमाडौँ । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबीच सोमबार हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिङटन डिसीमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल अमेरिका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले यो सम्झौता नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यस सम्झौतामार्फत् सहयोग पुग्ने धारणा राख्नुभयो ।

साथै यस सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्ग प्रसस्त गर्ने पनि मन्त्री राणाले बताइन ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ३२ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा