२५ श्रावण २०८३, सोमबार | August 10, 2026

राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायलमा प्रतिबन्ध



काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल कट्जले सामाजिक सञ्जालमा पोष्ट गर्दै गुटेरेसमाथि प्रतिबन्ध लगायेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्- ‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन ।’

कट्जले गुटेरेसले अहिलेसम्म पनि अक्टोबर ७ मा हमासले गरेको नरसंहार र यौन उत्पीडनको निन्दा नगरको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘न उनले (महासचिव गुटेरेस) हमासलाई आतङ्कवादी संगठन घोषणा गर्न कुनै प्रयास गरेका छन् ।’

उनले भनेका छन्- ‘यस्तो महासचिव जो, आतङ्कवादी, बलात्कारी, हमास, हिजबुल्लाह र हुतीपछि इरानले गरेको हत्याको समर्थन गर्छ । उनले संयुक्त राष्ट्रको इतिहासमा दाग लगाएको अर्थमा याद गरिनेछ ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : १० बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय