१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग आवश्यक : पूर्वमन्त्री श्रेष्ठ



काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपी राजमार्गको विकल्पको रुपमा ‘महाभारत पर्यटन मार्ग’ बनाउन जरुरी भइसकेको बताएका छन् ।

उनले गत असोज ११ र १२ गतेको बाढी, पहिरोले बनेपा-बर्दिबास वीपी राजमार्गको रोसीखोला र सुनकोसी खण्डमा ठुलो क्षति पुर्‍याएको भन्दै यस विपत्तिले सो राजमार्गको विकल्प खोज्न प्रेरित गरेको बताए । उनले काठमाडौँ उपत्यकाबाट पूर्व जोड्ने विकल्पको रुपमा ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर हुँदै चतरासम्म वैकल्पिक मार्गको रूपमा ‘महाभारत पर्यटन मार्ग’ बनाउनुपर्नेमा जोड दिए । यसका लागि उनले नेपाल सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएको पनि उल्लेख गरे ।

आ।व। २०८०–०८१ को नीति कार्यक्रममा योजना समावेश गरि बजेट विनियोजन गराउन तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष माग गरिएको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । त्यसपछिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई समेत आग्रह गरिएको भएपनि उनीहरूले यश मार्गको महत्त्व नबुझेको सांसद श्रेष्ठले बताए ।

यश मार्गले काठमाडौं उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोडने उनले बताए । उनका अनुसार यस मार्ग ललितपुरको ग्वार्को, लाकुरी भञ्ज्याङ्ग, काभ्रेको पनौती, बेथान चोक, ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दिपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तिनखण्डे गँहुवारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउँने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्म पुर्याउन सकिने छ । करिब ३०० कि।मि।को यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

सांसद श्रेष्ठले ग्वार्कोदेखि ढुंखर्कसम्मको सडक कालोपत्रे भैसकेको र बाँकी खण्डको अधिकांश भागमा समेत ट्रयाक खुलेको अवस्था रहेको भन्दै आर्थिक दृष्टिले पनि सस्तो पर्ने बताए । उनले महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र रहेको भन्दै महाभारत पर्यटन मार्ग बनेमा सो क्षेत्रको बसाइँसराइ रोकिने विश्वास व्यक्त गरे ।सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले भन्दै उनले सो क्षेत्रका कृषि उत्पादन सिधै काठमाण्डौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिने पनि बताए ।

सांसद श्रेष्ठले विपी र पुष्पलाल राजमार्ग अवरुद्ध भएको बेला काठमाडौँ उपत्यकाबाट पूर्व जोड्न महाभारत पर्यटन मार्गले मेरुदण्डको काम गर्ने भन्दै यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ५८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा