३ पुस २०८२, बिहिबार | December 19, 2025

विपद्बाट क्षतिग्रस्त संरचना निमार्ण गर्न दुई अर्ब ८८ करोड लाग्ने



काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ ।

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पु¥याएको जानकारी दिइन् ।

“स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,” उनले भनिन्, “यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न रु एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ ।”

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न रु १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिइन् ।

“अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,” उनले भनिन्, “यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ ।”

उनका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपाालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोविखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ । “यी संरचना बनाउन तथा सुधार गर्न रु ११ करोड ४६ लाख लाग्ने छ”, उनले भनिन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ५५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको