२५ श्रावण २०८३, सोमबार | August 10, 2026

नेवार समुदायले घरघरमा कुछी भ्वयः खाएर मनाए महाअष्टमी



भक्तपुर । विजयादशमीको आठौँ दिन आज साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ र भ्वयको अर्थ ‘भोज’ भएकाले यसलाई कुछी भ्वय भन्ने गरिएको संस्कृतविद् अष्टकुमार जोशीको भनाइ छ ।

नेवार समुदायले आज महाअष्टमी मनाउने क्रममा दिन विशेष गरेर केराको पातमा भर्खर जन्मेको बालकका लागि समेत दुई माना चिउरा र विभिन्न १२ प्रकारका खाद्यान्नहरु केराको पातमा राखेर भोज खाने प्रचलन कुछी भ्वयमा रहेको उनले बताए ।

नेवार समुदायमा सयौवर्ष अगाडिदेखि टोल छिमेक संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र त्यो मासु घरघरमा भित्र्याउने प्रचलन अहिले पनि छ । यसरी मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कदै मासुलाई मन्छाउने प्रचलन रहेको संस्कृतविद जोशीले जानकारी दिए । भक्तपुर सहितका ठाउँमा गैर नेवार समुदायले दसैँ मनाइरहँदा नेवारहरुले मोहनी नखः मनाउने परम्परा रहेको उनले बताए ।

नेवार समूदायमा वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाडको रुपमा मनाउने गरिन्छ । मोहनी नखःले सबै परिवार, छुटिएका दाजुभाइ समेत एकै स्थानमा बसेर भोज खाने, ठूलालाई आदर सत्कार गर्ने प्रचलन रहेको जोशीले बताए । अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्ने प्रचलन समेत छ ।

नेवार समुदायमा मान्छे मरेर जुठो परेको छ भने पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको अर्का संस्कृतिकर्मी राजकाजी शाक्यले बताए । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको बताउदै उनले नयाँ बुहारी ल्याएको घरमा दाजुभाइलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई भने कुछी भ्वयमा (भोजमा) सहभागी नगराउने प्रचलन समेत रहेको बताए ।

कुछी भ्वयमा खानैपर्ने १२ थरीका ल्वसाघासा (परिकार)हरु छोयला १२ टुक्रा, केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने परम्परा रहेको उनले बताए । त्यसैगरी यसमा फलफूल (खयपिचयपि) मा अम्बा र केरा समेत अनिर्वाय खाने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको भन्ने भनाइ रहेपनि केही संस्कृतीकर्मीहरुले भने कुलका सबै परिवार एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुछी भ्वय् हुन गएको भनाइ रहेको छ ।

माटाको सानो घैँटोमा जाँड/रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ ।

दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ । त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने मान्यता आजसम्म पनि रहदै आएको संस्कृतविद् जोशी बताउँछन्।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १० : ५९ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका