२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध



उदयपुर । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए। “आज बिहानै  पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ”, उनले भने, “स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौँ ।”
कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए। सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले बताए ।
सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १० : ५२ बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालनमा

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी