१० भदौ २०८३, बुधबार | August 26, 2026

भारतीय सीमा जोडिएका बजारमा पनि कर्णालीको स्याउ



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। “हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भने ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए ।

वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए ।

दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ०८ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय