१६ माघ २०८२, शुक्रबार | January 31, 2026

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा


२७ आश्विन २०८१, आइतबार  

143
Shares

भक्तपुर । विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनि मोहनि नखः (बडादसैँ)को विजयदशमीको दिन साँझदेखि सुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका मानन्धर समाजका कृष्णकुमार मानन्धरले जानकारी दिए ।

पाँय्लाई ठाउँअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ । ‘पा’ भनेको बन्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको उनले बताए। “

विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेसामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना)मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ”, मानन्धरले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ४९ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी