२९ असार २०८३, सोमबार | July 13, 2026

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते



बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् ।

दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।

यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र  ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बताएको छ ।

यसअघि भारतीय वन रक्षकले असार १ गते एक जनालाई नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ५३ बजे

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक