११ माघ २०८२, आइतबार | January 25, 2026

प्रहरी संगठनलाई बदलिदो परिवेश अनुसार बलियो बनाउन रुपान्तरण गर्न जरुरीः मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्कता रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको बताए । ‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफुलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’

शान्ति सुरक्षाको अवस्थामा लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको उल्लेख गर्दै उनले प्रदेशको शिर उचो बनाउन प्रहरी संगठनबाट भएको योगदानको प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए । अपराधको प्रकृति फेरिदा सूचना प्रविधिको विकासले प्रहरीमाथी चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधि संग जोड्न जरुरी रहेको बताए ।

समारोहमा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको थियो भने प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक हिमालयकुमार श्रेष्ठको अध्यक्षता एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ११ : ५९ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको