२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रहरी संगठनलाई बदलिदो परिवेश अनुसार बलियो बनाउन रुपान्तरण गर्न जरुरीः मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्कता रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको बताए । ‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफुलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’

शान्ति सुरक्षाको अवस्थामा लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको उल्लेख गर्दै उनले प्रदेशको शिर उचो बनाउन प्रहरी संगठनबाट भएको योगदानको प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए । अपराधको प्रकृति फेरिदा सूचना प्रविधिको विकासले प्रहरीमाथी चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधि संग जोड्न जरुरी रहेको बताए ।

समारोहमा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको थियो भने प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक हिमालयकुमार श्रेष्ठको अध्यक्षता एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ११ : ५९ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव