२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी गठन गर्ने भएकोछ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सर्च कमिटी गठन गर्ने सहमति बनेको हो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन प्रमुख तीन दलका शीर्ष नेताहरु सहमत भएपछि सर्च कमिटी गठन हुने भएको हो । अब बस्ने मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

यसैरी गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्ति बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत ठकमा सहभागी थिए । संसदबाट पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राष्ट्रपतिले गत भदौ १३ गते प्रमाणीकरण गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ३२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले