१० भदौ २०८३, बुधबार | August 26, 2026

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी गठन गर्ने भएकोछ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सर्च कमिटी गठन गर्ने सहमति बनेको हो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन प्रमुख तीन दलका शीर्ष नेताहरु सहमत भएपछि सर्च कमिटी गठन हुने भएको हो । अब बस्ने मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

यसैरी गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्ति बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत ठकमा सहभागी थिए । संसदबाट पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राष्ट्रपतिले गत भदौ १३ गते प्रमाणीकरण गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ३२ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी