२१ मंसिर २०८२, आइतबार | December 7, 2025

वामीटक्सारमा नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला



गुल्मी । गुल्मीको वामीटक्सारमा चौथो नौमती सांस्कृतिक महोत्सव तथा २ दिने वामी मेला सम्पन्न भएको छ । वामी विश्व सम्पर्क मन्चको आयोजनामा चौथाृ सृङ्खलाको नौमती सांस्कृतिक महोत्सव तथा २ दिने वामी मेला सम्पन्न भएको हो ।

लोपहुदै गएका लोकबाजा तथा लोक सस्कृतिलाइ संरक्षण गर्ने र गाउँ घरबाट लोपहुदै गएका चर्खे पिङ, लिङे पिङ जस्ता मनोरञ्जनका साधन मार्फत दर्शकहरुलाइ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको वामी विश्व सम्पर्क मन्चका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिए ।

संस्कार जागरण समुह वामीटक्सारको भजन, मुसिकोट नगरपालिका ७ पल्टारको हेम्पाई नृत्य, नेवार समुदायको लाखे नाँच, सवडागाउँको सरायँ नाच, मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य लगायत मेलामा अन्य विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा समग्र मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न समुदायका संस्कृतीहरुको समिश्रण सहित स्थानीय विभिन्न संस्कृतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा नौमती बाजा प्रतियोगीता तर्फ १३ समुहले सहभागीता जनाएका थिए । जसमध्ये खड्क कालिका नौमती बाजा समुह प्रथम, गुल्मी मालिका बाजा समुह बुटबल द्धितिय, आँपचौर पञ्चेबाजा समुह तृतीय भएका छन् भने उत्कृष्ट सहनाई बादक तर्फ आँपचौर पञ्चेबाजा समुहका सुजीन परियार उत्कृष्ट भएका छन् ।

नौमती पञ्चेबाजा नृत्य प्रतियोगीता तर्फ भने साग्दी सत्यवती बाजा समुहका प्रदिप क्षेत्री र संगीता थापा प्रथम, आँपचौर पञ्चेबाजा समुहका श्रीस वि.क र सम्झना परियार द्धितिय एवम् नौमती बाजा समुह बडिगाडका चन्द्र बहादुर भुजेल र देव भुजेल तृतीय भएका छन् ।
मेलामा शङ्खध्वनी वादन प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगीतामा ११ जना प्रतियोगीले भाग लिएका थिए । शंखध्वनि प्रतियोगितामा मिन दर्लामी प्रथम भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ०१ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका