३ पुस २०८२, बिहिबार | December 18, 2025

मुख्यमन्त्री आचार्यले गरे खजुरा क्यान्सर अस्पतालको अवलोकन

नियमले मिल्ने सहयोग प्रदेश सरकारले गर्ने आश्वासन



खजुरा । संघीय सरकारले नागरिकबाट जिम्मा लिएर बिगत ९ वर्ष देखि बिना दरबन्दी संचालन गर्दै आएको बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका छन् । धार्मिक कार्यबाट नागरिकले मुट्ठी दानगरेर निर्माण गरि सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको आज मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवा बारे जिज्ञासा राखेका थिए । सो अवसरमा अस्पताल प्रशासनलाई उनले संघीय सरकार मातहतको अस्पताल भएपनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने आश्वासन दिए । प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल संचालन भएको प्रति आश्यर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस अघि अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशप्रसाद साहले बिगत ९ वर्ष देखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल संचालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गरेका थिए । ढा साहले प्रबिधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको ब्यवस्थापन नहुँदा संचालनमा असहज बनेको जानकारी गराए ।

अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : ४० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन