७ पुस २०८२, सोमबार | December 22, 2025

रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दै



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको आरोप लगाएको छ ।

कास्कीको पोखरामा आज बिहान पत्रकार सम्मेलन गरी पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको ६ दिन बितिसक्दा ४-५ घण्टामात्रै बयान लिनु यसैको पुष्टि रहेको बताए । उनले कागजात पुगेन भनेर फेरि म्याद थप्न खोजिएको बताए ।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो । १२५ घण्टामा ४-५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई थुनामा राखेको उनको आरोप छ । भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए ।

उपाध्यक्ष वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको स्पष्ट पारे । न्यायालयको फैसलामा विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्ने भन्दै उनले छानीछानी डीएसपी र सीडीओ पठाउने काम भइरहेको उल्लेख गरे । उपाध्यक्ष वाग्लेले अब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए । उनले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने बताए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : ४८ बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट