२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाल खेलाडी पुरिएर मृत्यु भएको घटना छानबिनका लागि पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडी पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै पीडित परिवारको मागअनुसार यस्तो मानवीय क्षति कसरी हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न प्रतिपक्षी दलहरुको तर्फबाट पहल गर्ने बताए । “ मृतक खेलाडीहरूको स्मरणका लागि कोष स्थापना गरेर एकेडेमी वा स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमति प्रशिक्षण, खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीको प्रतिमा राख्ने र परिवारलाई उचित राहतको आवश्यकता छ । यसका लागि मैले र पार्टीले पनि आवश्यक पहल गर्छ”, उनले भने ।

बाढीपहिरोका घटनाको विषय समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, पार्टीले अन्य गतिविधिसमेत गरिरहेको उनको भनाइ थियो ।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्त रूपमा ध्यानाकर्षण–पत्र बुझाएका थिए । उनीहरुले सो घटनाको उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ४१ बजे

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहटमा मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले