१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

बाँके र बर्दियाको सीमाक्षेत्रका वडा अध्यक्षसंग सशस्त्र प्रहरीको छलफल



नेपालगन्ज । सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय निकायका वडा अध्यक्षहरुसंग स्थानीय सरोकारका बिषयमा छलफल गरेको छ ।

अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी , मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरीले सहकार्यको अपेक्षा राखेको जनाएको छ । छलफलमा साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालसंग सीमाबासिले राखेको अपेक्षाका बिषयमा वडा अध्यक्षहरुले धारणा राखेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा ‘सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम’अवधारणा अनुरुप छलफल कार्यक्रम गरिएको हो ।

लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपालसंग सीमाबासीले राखेको अपेक्षाका बिषयमा छलफल भएको थियो ।

बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीमा निगरानी तथा सहजिकरण लगाएत सशस्त्र प्रहरी नेपाल र स्थानीय तहहरु बीच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफलमा सहभागीहरुले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, नं ३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : २९ बजे

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय

प्रधानमन्त्री बनेपछि थाहा पाएँ – भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि