२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लोकतन्त्रको अपहरण गर्न ओली सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राणा शासनको अन्त्यपछि कसैले नगरेको काम आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेको दाबी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई राति सुत्न नदिएको दाबी गरे । उनले भने, ‘माओवादीको प्रधानमन्त्री र गृहमन्त्री रहँदा कहिल्यै राम्रोसँग सुत्न नपाइने भो भनेर भ्रष्टाचारीहरूले भन्ने गर्थे ।’

प्रचण्ड सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै श्रेष्ठले भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको दाबी गरे । उनले भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचार गर्नैका लागि अहिलेको सरकार बनेको बताए । यो सरकारले लोकतन्त्रको अपहरण गर्न खोजेको आरोप पनि उनले लगाए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : १५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष