२ भदौ २०८३, मंगलबार | August 18, 2026

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण



भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बुधबार राती सो विमान ३ सय १८ यात्रुसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो सहित नेपाल कुवेतबाट नेपाल आइपुगेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले बताए । उनका अनुसार कुवेतमा निधन भएका नौ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत नेपाल ल्याइएको छ ।

मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) का रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि अनुमति प्रदान गरेको थियो । साहका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो । कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको उनले बताए ।

यस अवतरणलाई विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक क्षमताको परीक्षणका रूपमा समेत लिइएको छ । रनवे, ट्याक्सी–वे, एप्रोन, एयरफिल्ड लाइटिङ प्रणाली तथा सञ्चार उपकरणहरू ठूला विमान सञ्चालनका लागि सक्षम रहेको विमानस्थल प्रशासनको दाबी रहँदै आएको छ ।

उक्त विमान भैरहवाबाट बुधबार राती नै पाकिस्तानको लाहोरतर्फ प्रस्थान गरेको छ । लाहोरबाट आवश्यक कार्गो लिएर विमान पुनः कुवेत फर्कनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : १३ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार