२ कार्तिक २०८३, सोमबार | October 19, 2026

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण



भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बुधबार राती सो विमान ३ सय १८ यात्रुसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो सहित नेपाल कुवेतबाट नेपाल आइपुगेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले बताए । उनका अनुसार कुवेतमा निधन भएका नौ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत नेपाल ल्याइएको छ ।

मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) का रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि अनुमति प्रदान गरेको थियो । साहका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो । कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको उनले बताए ।

यस अवतरणलाई विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक क्षमताको परीक्षणका रूपमा समेत लिइएको छ । रनवे, ट्याक्सी–वे, एप्रोन, एयरफिल्ड लाइटिङ प्रणाली तथा सञ्चार उपकरणहरू ठूला विमान सञ्चालनका लागि सक्षम रहेको विमानस्थल प्रशासनको दाबी रहँदै आएको छ ।

उक्त विमान भैरहवाबाट बुधबार राती नै पाकिस्तानको लाहोरतर्फ प्रस्थान गरेको छ । लाहोरबाट आवश्यक कार्गो लिएर विमान पुनः कुवेत फर्कनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : १३ बजे

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको