२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

साफ वुमन्स च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश



काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

यस अघि भारतले खेलको ७० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो ।

खेलको ७० औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।

अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १० : ०६ बजे

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहटमा मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले