१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान



काठमाडौँ  । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।

यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो ।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् । साफ च्याम्पियनसिपमा उनले समूह चरणको पहिलो भूटानविरुद्धको खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।

सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्का र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक÷एक गोल गरेकी थिइन् । यस साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक तामाङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ४८ बजे

‘कांग्रेस समावेशी लोकतन्त्रको पक्ष छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस

कप्तान दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको

सुनको मूल्य १ हजारले बृद्दी

काठमाडौं । साताको तेस्रो  कारोबार दिन मंगलबार सुनको मूल्य उकालो

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई