३१ असार २०८२, मंगलबार | July 15, 2025

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् ।

मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ओलीले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताए। दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा जोड दिए ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए ।आज ४५ जना दीक्षित भएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ५३ बजे

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित