११ पुस २०८२, शुक्रबार | December 26, 2025

अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैनः महासचिव पोखरेल



भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाए ।

महासचिव पोखरेलले भने, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”

यसैगरी उनले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरू न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको धारणा राखे । “काँग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् तर नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानविन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन”, महासचिव पोखरेलले भने । पटकपटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : १७ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक

बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी