२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते



अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जिप शुक्रबार बिहान भूमिकास्थान-७ स्थित छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक भूमिकास्थान-१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त जिपमा भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गइरहेका स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार थिए । दुर्घटनापछि नगरपालिकाले प्रतियोगिताअन्तर्गत आजका सबै खेलकुद कार्यक्रम स्थगन गरेको जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ०७ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३