२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी गरेकी छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी हुन् ।

शर्मालाई आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा शपथ गराउने तयारी भइरहेको छ । यद्यपि, औपचारिक निर्णय भने अन्तिम रूपमा सार्वजनिक भइसकेको छैन ।

पूर्वरथी शर्मा यसअघि माओवादी लडाकु समायोजन समितिमा महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका छन् । साथै, कोभिड-१९ महामारीका बेला गठन गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा समेत उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा शर्माको प्रवेशसँगै मन्त्रिपरिषद् १५ सदस्यीय हुने भएको छ । सरकार गठनपछि पहिलोपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

राजनीतिक वृत्तमा यो नियुक्तिलाई परराष्ट्र नीतिमा अनुभव र प्रशासनिक क्षमताको संयोजनका रूपमा हेरिएको छ । यद्यपि, औपचारिक घोषणा भएसँगै थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ०० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा