१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरेका छन् । महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका छन् ।

महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।”

महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै अवस्थामा पनि कर्मशील भइरहन प्रेरित गर्छ भन्दै देवकोटाका कविताका केही अंश प्रधानमन्त्री ओलीले यसरी उदृत गरेका छन्ः

विलासको लालस दास छैन म ।
मीठो छ मेरो रसिलो परिश्रम ।।
प्रयासको पत्थरमा नदीसरि ।
बहन्छु हाँसी म तरङ्गले भरी ।।
म पोखरी झैँ उही ठाउँ जम्दिनँ ।
छ शुद्ध यो जीवनको सबै कण ।।

महाकवि देवकोटाको जन्म विसं १०६६ कात्तिक २७ गते कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : २६ बजे

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका