२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस



काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय