१० माघ २०८२, शनिबार | January 24, 2026

बिबिध कार्यक्रम गर्दै बुटवलमा २ दिन नेपाल संवत ११४५ लाई स्वागत गरिने



बुटवल । नेपाल संवत ११४५ को स्वागतमा बुटवलमा २ दिन विविध कार्यक्रम गरि मनाइने भएको छ । समस्त नेपालीहरुको साझा संवतकारुपमा पहिचान दिनेगरि नेवाः दय दबु बुटवल नगर समितिको मुल आयोजना र बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा नेपाल संवतलाई स्वागत गरिने भएको हो ।

विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुल आयोजक नेवाः दयदबुका नगर अध्यक्ष गोपाल श्रेष्ठले शुक्रबार दिउसो वृहत मोटरसाईकल र्याली तथा शनिबार सम्मान र शुभकामना आदाप्रदान समारोह राखिएको जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै शुक्रबार दिउँसो ४ बजे राजमार्ग चौराहाबाट शुरु हुने मोटरसाइकल रयाली बुटवल बजार परिक्रमा गरि योगिकुटी हुदै देविनगरस्थित नेवाः सेवा समितिको कार्यालयमा समापन गरिने बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौं बाहिर पहिलोपटक नेपाल संवतको क्यालेन्डर बिमोचन गरिनुका साथै बुटवलमा रहेर नेवाः समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दयदबुका संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको गरिने छ ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्द्यो नेवाः समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवाः समाज १ र २, नेवाः समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि खलपुचहरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल संवत सबै नेपालीको साझा संवत भएको स्पष्ट पार्दे कार्यक्रममा नेवार समुदाय बाहेकका नेपाली भाषा, धर्म र सम्प्रदायको पनि उपस्थिती रहने जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ८ : ५७ बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध