२८ चैत्र २०८२, शनिबार | April 12, 2026

नेपालगन्जबाट एक हजार केजी बढी गाईगोरुको मासु सहित ५ जना पक्राउ



कोहलपुर । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकबाट प्रहरीले ठुलो परिमाणको गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले जानकी गाउँपालिका ५ बढीगाउँमा गाई गोरु काटेर नेपालगन्ज विमानस्थल तर्फ लैजाँदै गरेको अवस्थामा एक हजार ६० केजी गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खजुरा-८ चमकदारपुर बस्ने ३८ वर्षिय इस्माईल जोलाह (भ्यान चालक), खजुरा-८ रनियापुर बस्ने ३८ वर्षिय नेपाली भन्ने अहमुद्दिन खान, सोही स्थानका ३९ वर्षिय लोहरा भन्ने जाबिर चिकवा, जानकी-५ बुढियागाउँ बस्ने १९ वर्षिय कुन्ना भन्ने सफिक आलम पठान र सोही स्थानका ३४ वर्षिय असानु खान रहेका छन् ।

जानकी-५ बुढीयागाँउमा गाई गोरु काटेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्हरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको टोलिले बाँके नेपालगन्ज-२० राँझा नयाँ बस्तीबाट भे.१ज.३८९ नम्बरको म्याजिक भ्यानबाट १९ वटा बोरामा बाँधेर राखेको १ हजार ६० केजी गाईगोरुको मासु बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

पक्राउ परेकाहरुलाई नेपालमा बध गर्न प्रतिबन्ध रहेको गाईगोरु काटेको अभियोगमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ९ : २७ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख