६ पुस २०८२, आइतबार | December 21, 2025

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन् ।

‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गरे ।

“कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उनले भने।

एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताए । “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उनले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको