१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

‘नैतिकता जागेपछि’ गृहमन्त्री रमेश लेखकले राजीनामा दिँदै



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने भएका छन्।

सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा लेखकले अब आफू पदमा नबस्ने बताएका हुन् ।

बैठकमा उनले सोमबारको प्रदर्शनमा ठूलो जनधनको क्षति भएपछि उनले नैतिक जिम्मेवारी लिने बताएका थिए।

‘आजको प्रदर्शनमा गम्भीर मानवीय क्षति भएको छ। यसको नैतिक जिम्मेवारी मैले लिनैपर्छ। त्यसैले म पदमा रहन्नँ,’ लेखकको भनाइ उद्धृत गर्दै पदाधिकारीले जानकारी दिए।

यसअघि बैठकमा सहभागी नेताहरूले घटनाप्रति जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राखेका थिए।

बैठकमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजैबाट सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउन भनेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ०२ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously