२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दाङ तुलसीपुरको जुवा अड्डामा प्रहरीको छापा, १० जुवाडे पक्राउ



दाङ । दाङ प्रहरीले जुवाको खालमा छापा हानेर एक लाख ३३ हजार नगद सहित १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टामा स्थानीय देवबहादुर वलीको घरमा छापा हानेर प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

पैसाको हारजित हुनेगरी जुवाको रुपमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर–१७ बनकट्टा बस्ने वर्ष ५७ को भिम वली, सोही ठाउँ निवासी वर्ष ४९ को लुमा सिंह बस्नेत, वर्ष ३२ को नर बहादुर चौधरी, वर्ष ५८ को केशर बहादुर वली, वर्ष ३६ को शरद वली, वर्ष ३८ को सुशिल वली, वर्ष ४१ को रेख बहादुर वली, वर्ष ४९ को मदन वली, वर्ष ५१ को देव बहादुर वली (घर धनी), जिल्ला दाङ घोराही–९ अश्वारा बस्ने वर्ष ४९ को बालाराम भट्टराई रहेका छन् ।

जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी इश्वर थापाले जानकारी दिए । जुवा अड्डामा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्तटोलीले छापा मारेको थियो ।

प्रहरीले नगद सहित जुवा खेल्नको लागि भुईमा ओछ्याएको निलो बुट्टेदार गलैचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ५५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले