१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

खजुरामा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु



खजुरा । बाँकेको खजुरामा उकाघरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो ।

आज बिहान ८ बजे तिर सबै परिवारले पुडी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए । मृतकका अन्य परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचारका लागि लगिएको थापाले बताए । खजुरामा सामान्य उपचार पछि उनीहरुलाई भेरीमा रिफर गरिएको हो ।

मृतक सहित गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने थापाले बताए । झालाबान्ताबाट गम्भीरबनेका अहिरको बिहान ९ बजे मृत्यु भएको उनले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको  थापाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : २९ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त