६ पुस २०८२, आइतबार | December 21, 2025

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति



पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

मंगलबार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछानेसहित सोही कसुरमा हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि उनीहरु हिरासतमा रहेका छन् । प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेपनि अदालतले १० दिनको समय मात्रै दिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भैरहेको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा रुपन्देही प्रहरीले पनि पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीबाट अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : १० बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल