७ पुस २०८२, सोमबार | December 22, 2025

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा



कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना स्थानीयलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने स्थानीय लक्ष्मी प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

सडकको बिचभागमा हुर्केका ५ वटा स्वामीको रुख काटेको अभियोगमा भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । भुसालले गत भदौ २४ गते राती आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा ढलाइदिएका थिए ।

भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको हो । कोहलपुर नगर प्रहरीको जाहेरी र वन कार्यालयको अनुमतिमा भुसाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्मराज भण्डारीले बताए । भुसाल विरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीका अनुसार भुसालले बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले काटिदिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : १५ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले